राजविराज विमानस्थलबाट दैनिक २ उडानको तयारी
rajdhanidaily.com · Mon Dec 16 23:23:31 GMT 2024

सप्तरी । राजविराज विमानस्थलबाट केही दिनपछि दैनिक २ उडान हुने भएको छ । विगतमा दिउँसोको समयमा मात्र एउटा उडान हुँदै आएकोमा सोमबार रात्रीकालिन सेवाका लागि गरिएको परिक्षण उडान पश्चात् दैनिक दुई उडान गर्ने तयारी भएको छ ।
संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)