युवाले किन छाड्दै छन् देश ?
ekantipur.com · Mon Dec 16 23:25:12 GMT 2024
काठमाडौँ — अहिले गाउँघरमा मलामी नपाउने अवस्था छ, युवाजति सबै विदेश उडिरहेका छन् । गाउँ रित्तो बन्दै गर्दा हाम्रा जनप्रतिनिधिले यो विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्दैन ? देश कहिलेसम्म रेमिट्यान्सले मात्र चलाउने ?
रेमिट्यान्सकै लागि विदेशीसँग श्रम सम्झौता गरेर युवा बेच्ने काम सरकारले नै गरिरहेको छ, यो तत्काल रोकिनुपर्छ । यसका लागि राज्यले देशमै युवालाई स्वरोजगार बनाउने वातावरण बनाउनुपर्छ, उद्योग, कलकारखाना खोल्नुपर्छ । यसबारे सांसदको पनि किन ध्यान नगएको होला ? के उनीहरूको काम संसद्मा जाने, हाजिर भएर तलबभत्ता खाने मात्र कि आफ्ना जनताप्रति पनि मेरो केही कर्तव्य छ भनेर मनन गर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)