मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासंघमा महिला नेतृत्वको सन्देश

ekantipur.com · Mon Dec 16 23:26:03 GMT 2024

काठमाडौँ — नेपाली पत्रकारिताको इतिहासमा बल्ल नेपाल पत्रकार महासंघले महिला नेतृत्व पाएको छ । राज्यका अन्य अंगहरूमा यसभन्दा अघि नै महिलाले नेतृत्व पाइसकेका छन् ।

अमेरिकामा आजसम्म महिलाले राष्ट्रपति हुने मौका नपाए पनि नेपालमा महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख भइसकेका छन् । त्यस अर्थमा नेपाली महिलाले गर्वको महसुस गर्न सक्ने अवस्था छ । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित निर्मला शर्माले त्यो गर्विलो इतिहासमा अर्को इँटा थप्ने काम गरेकी छन् । त्यस अर्थमा उनी बधाईको पात्र छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)