मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मन्थलीमा कृषिउपज बिक्री केन्द्र सञ्चालन

barnanmedia.com · Mon Dec 16 23:24:09 GMT 2024

काठमाडौँ, २ पुसः जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि स्थानीय कृषिउपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । स्थानीय उत्पादन मात्र बिक्री गर्नेगरी उक्त बिक्री केन्द्र स्थापन गरिएको हो । मन्थलीका नप्रमुख लव श्रेष्ठले एक कार्यक्रमकाबीच केन्द्को शुभारम्भ गर्नुभयो ।

साना किसानहरूको उत्पादनलाई खरिद बिक्री गरिदिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा नगदेबालीअन्तर्गत अदुवा, बेसार, लसुन, विभिन्न प्रकारका गेडागुडी, मौसमअनुसारका तरकारी तथा स्थानीयस्तरमा उत्पादन भएका जुनार, सुन्तला, कागती केरालगायत सामग्री बिक्री गरिने जिल्ला कृषि सहकारी सङ्घका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)