जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने तयारी
kendrabindu.com · Mon May 25 12:37:36 GMT 2026

जनकपुर । मधेश प्रदेश सरकारले फरकफरक आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुका परिवारजनलाई एक समान सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले ऐन नै बनाएर जेनजी आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारका सदस्यहरुका निम्ति एक समान सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यसका निम्ति ऐनमा समावेश गर्नुपर्ने आवश्यक सम्पूर्ण नियम, उपनियम, कानुनलगायतका कार्यहरु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)