ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
rajdhanidaily.com · Thu Jun 18 08:06:55 GMT 2026

भोजपुर । पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो । गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार रु ३१ लाख ७२ हजार र गाउँपालिकाबाट ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । यसबाहेक कामदारका लागि आवश्यक औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापन गर्न गाउँपालिकाले थप रु १८ लाख लगानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
सरोज गुरागाईं