मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाेखरा बसपार्क क्षेत्रका संरचना चल्याे डाेजर (तस्वीरहरू)

shilapatra.com · Thu Jun 18 07:58:00 GMT 2026

कास्कीकाे पाेखरा महानगरपालिका–९ मा लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रको अवरोध हटाउने काम सुरु गरिएको छ । बसपार्क निर्माणलाई गति दिने उद्देश्यसहित बिहीबार महानगरपालिकाले डोजर परिचालन गर्दै अनधिकृत संरचना हटाउन थालेको हो ।

महानगर प्रमुख धनराज आचार्यको उपस्थितिमा सुरु गरिएको अभियानअन्तर्गत बसपार्क क्षेत्रमा रहेका विभिन्न अवरोध र संरचनाहरू हटाउने काम अघि बढाइएको छ ।

महानगरपालिकाका अनुसार करिब पाँच दशकदेखि विभिन्न कारणले रोकिएको बसपार्क निर्माण प्रक्रिया अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ । निर्माणस्थल खाली गराउँदै पूर्वाधार विकासको कामलाई तीव्रता दिइने जनाइएको छ ।

महानगरले बसपार्क निर्माणलाई पोखराको यातायात व्यवस्थापन र शहरी पूर्वाधार सुधारसँग जोडिएको महत्त्वपूर्ण परियोजनाका रूपमा लिएको जनाएको छ ।

तस्वीर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

१३:४३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)