पोखरा बसपार्क क्षेत्रमा महानगरको डोजर [फोटो फिचर]
nepalnews.com · Thu Jun 18 08:12:48 GMT 2026

कास्की। पोखरा महानगरपालिका ९ मा रहेको बसपार्क क्षेत्रका संरचना हटाउन सुरु गरिएको छ। लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन सुरु गरेको हो।
बसपार्क निर्माण कार्यलाई तीव्रता दिन बिहीबार मेयर धनराज आचार्यको उपस्थितिमा डोजर चलाइएको हो। विगत ५० वर्षदेखि विभिन्न कारणले उक्त बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। महानगरपालिकाले अब भने बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै काम अगाडि बढाउने जनाएको छ।
महानगरका अनुसार सो क्षेत्रमा रहेका अनधिकृत संरचना तथा अवरोध हटाउँदै निर्माण तीव्र बनाइनेछ। यसले पोखराको यातायात व्यवस्थापन सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
धनराज आचार्य