प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुख नै अनिच्छुक, बालेनलाई हाईसञ्चो
bishowkhabar.com · Thu Jun 18 08:10:13 GMT 2026

काठमाडौ.– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि असार महिनाको मिति तोक्न सकेका छैनन् ।
नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था भए पनि सोअनुसार कार्यान्वयन भएको छैन ।
गत जेठमा पनि उक्त कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।
यद्यपि १७ जेठमा प्रधानमन्त्री बालेनले संसद्मा उपस्थित भएर सांसदका प्रश्नहरूको जवाफ दिएका थिए ।
तर, सीमा विवादसम्बन्धी उनको अभिव्यक्तिपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै थप स्पष्टिकरण मागिरहेका छन् ।
यसबीच, असार महिनामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले हुने भन्ने अन्योल कायमै छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ