मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डो माथिको विश्वकप प्रतिबन्ध टर्दै

ratopati.com · Tue Nov 25 19:47:00 GMT 2025

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकप खेल गुमाउनुपर्ने अवस्था हटेको छ। आयरल्यान्डविरुद्धको खेलमा रातो कार्ड पाएपछि उनी लामो प्रतिबन्धमा पर्न सक्ने चिन्ता थियो। तर फिफाले सार्वजनिक गरेको नयाँ निर्णयले उनलाई राहत दिएको छ।

फिफाले रोनाल्डोमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ, तर तीमध्ये दुई खेल एक वर्षको ‘ प्रोबेशन’मा राखिएको छ। उनी पहिले नै एक खेलको अनिवार्य निलम्बन भोगिसकेका छन्, जसअन्तर्गत पोर्चुगलले आर्मेनियामाथि ९-१ को जित दर्ता गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)