मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा ३७० किलो गाँजा बरामद

nepalnews.com · Thu Jun 18 08:16:52 GMT 2026

काठमाडौँ। प्रहरीले पर्साबाट ३७० किलो गाँजा बरामद गरेको छ। पर्सा छिपहरमाई गाउँपालिका १‚ मिर्जापुरबाट बुधबार राति ९ बजे गाँजा बरामद भएको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।

बस्नेतका अनुसार गाँजा पानी नभएको नहरको खाल्डोमा लुकाएर राखिएको थियो। भारततर्फ निकासी हुन लागेको जानकारी पाएपछि पुगेको प्रहरीले २५ वटा पोकामा राखिएको गाँजा बरामद गरेको बस्नेतले बताए।

गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)