मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मनसुन विपद् व्यवस्थापनका लागि सरकार पूर्ण तयारीमा’ : मन्त्री सुदन गुरुङ

kalakarmi.com · Thu Jun 18 08:14:29 GMT 2026

काठमाडौं- गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन् । बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए ।

उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय