जेसीबी उपकरण खरिदमा सहज फाइनान्सिङका लागि समझदारी
baahrakhari.com · Thu Jun 18 08:19:41 GMT 2026

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रा.लि. (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी खरिदलाई सहज बनाउन समझदारी भएको छ ।
जेसीबी खरिदमा सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । समझदारीपत्रमा एमएडब्लू अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ