युद्धविरोधी रुसीलाई मतदान गर्न याशिनको आह्वान
ratopati.com · Thu Sep 10 07:30:17 GMT 2026

रुस । निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले यही महिना हुने विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न विश्वभर रहेका युद्धविरोधी रुसी नागरिकलाई आह्वान गरेका छन् ।
सेप्टेम्बर २० को दिउँसो मतदान केन्द्रमा पुगेर सत्तारूढ दलविरुद्ध मतदान गर्न आग्रह गर्दै उनले युद्धको विरोध जनाउन सामूहिक मतदान अभियान सञ्चालन गरिएको बताए । युद्धविरोधी रुसी नागरिक एकै समयमा मतदान केन्द्रमा पुगेर लामबद्ध भए आफूहरू कति सङ्ख्यामा छन् भन्ने विश्वले देख्न सक्ने उनको भनाइ छ । निर्वाचनको नतिजामा भने कुनै शङ्का नरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)