नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
nepalnews.com · Thu Sep 10 07:30:32 GMT 2026

काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गरेको प्राडा नवराज कट्टेलले जानकारी दिए। आफूहरू नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको उनले बताए।
उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भइसकेका छन्। नियुक्त तीनै जना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन भएका हुन्। सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)