नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार
gorkhapatraonline.com · Thu Jun 18 08:20:35 GMT 2026

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलले बिहीबार बिहान नारायणी नदीमा हाम फाल्नुभएको थियो । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको उद्धार टोलीले उहाँलाई मोटरबोटको सहायताले सकुशल बाहिर निकालेको हो । उद्धारपश्चात पौडेललाई उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको छ र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)