६० लाख धरौटीमा रहेका रवि लामिछाने अदालतमा उपस्थित, नयाँ तारेख तय
kalakarmi.com · Thu Jun 18 08:30:00 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
अदालतका अनुसार लामिछानेले आजको तारेख बुझेका हुन् । यस मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ