इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
nepalpress.com · Thu Jun 18 08:31:32 GMT 2026
काठमाडौं । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म– डीजीओसँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकहरूलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको हो ।
क्याम्पेन १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ । दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनको अनुभव जोड्दै नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने उद्देश्य क्याम्पेनको रहेको छ । यस साझेदारीअन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताहरूले डीजीओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै निःशुल्क स्ट्रिमिङ भाउचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)