भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गर्ने चालक पक्राउ
onlinekhabar.com · Thu Jun 18 08:33:40 GMT 2026

४ असार, धनकुटा । धनकुटामा भारतीय नम्बरको सवारीमा नेपाली नम्बर राखेर चलाउने एक व्यक्ति पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेटको गाडीमा अवैध रुपमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गरेको अवस्थामा भारत बिहार राज्य जोगबनी थाना अमोना पञ्चायत–२१ मिरगञ्ज बस्ने २२ वर्षीय नन्दुकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरानतर्फ जाँदै गरेका सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडी नियन्त्रणमा लिएको धनकुटा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)