युद्धविरोधी रुसीलाई मतदान गर्न याशिनको आह्वान
gorkhapatraonline.com · Thu Sep 10 07:47:01 GMT 2026

निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले यही महिना हुने विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न विश्वभर रहेका युद्धविरोधी रुसी नागरिकलाई आह्वान गर्नुभएको छ ।
सेप्टेम्बर २० को दिउँसो मतदान केन्द्रमा पुगेर सत्तारूढ दलविरुद्ध मतदान गर्न आग्रह गर्दै उहाँले युद्धको विरोध जनाउन सामूहिक मतदान अभियान सञ्चालन गरिएको बताउनुभयो । युद्धविरोधी रुसी नागरिक एकै समयमा मतदान केन्द्रमा पुगेर लामबद्ध भए आफू कति सङ्ख्यामा छन् भन्ने विश्वले देख्न सक्ने उहाँको भनाइ छ । निर्वाचनको नतिजामा भने कुनै शङ्का नरहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)