मुस्ताङमा १६ करोडका भेडाच्याङ्ग्रा बिक्री
lokaantar.com

मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्ये चार हजार आठ सय जिल्ला भित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । 'मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्,' उनले भने, 'सरदर मूल्यअनुसार १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)