मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश नियुक्ति विरूद्धको एउटा रिट संवैधानिक इजलासमा पठाउन आदेश

setopati.com · Mon May 25 13:08:08 GMT 2026

सर्वोच्च अदालतले संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिस गरेको विरूद्ध परेको एउटा रिटलाई दर्ता आदेश गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले एउटा रिटलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको प्रवक्ता एवं सहरजिष्टार अर्जुन प्रसाद कोइरालाले जानकारी दिए।

अधिवक्ता गीता थापाले दिएको रिट संवैधानिक इजलासमा पेस हुने भएको हो।

‘संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदर मागको निवेदन समेत माथि संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा संवैधानिक इजलासमा पेस गर्नू,’ आदेशमा भनिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले दरपीठ विरूद्ध दिएको निवेदन भने बदर भएको छ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति विरूद्ध परेका ३ वटा रिटलाई प्रशासनले दरपीठ गरेको थियो। दरपीठ विरूद्ध परेको निवेदनलाई प्रधानन्यायाधीश नियुक्ति नहुन्जेलसम्म सर्वोच्च प्रशासनले रोकेको थियो । यसरी प्रशासनले दरपीठ विरूद्धको निवेदन नै दर्ता नगरेपछि त्यतिबेला कामु प्रधानन्यायाधीश रहेकी सपना प्रधान मल्लले मुख्य रजिष्टार विमल पौडेललाई उक्त निवेदन दर्ता गर्न निर्देशन दिएको थिइन्।

तर उक्त निवेदन प्रधानन्यायाधीश नियुक्त भएपछि दर्ता प्रक्रिया अघि बढेर आज सुनुवाइ भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय