रेजिडेन्ट चिकित्सकको ड्युटी रोस्टर सुधार गर्न मेडिकल काउन्सिलको शिक्षण अस्पतालहरूलाई निर्देशन
swasthyakhabar.com · Mon May 25 13:09:00 GMT 2026

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले देशभरका विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरूमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) तहका रेजिडेन्ट चिकित्सकहरूलाई अत्यधिक कार्यबोझमा खटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
काउन्सिलका अनुसार विभिन्न माध्यमबाट प्राप्त गुनासो र उजुरीमा कतिपय संस्थाहरूमा रेजिडेन्ट चिकित्सकहरूलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा राखिएको पाइएको छ। यसले चिकित्सकहरूमा गम्भीर शारीरिक थकान, मानसिक तनाव, डिप्रेसन तथा आत्महानीसम्बन्धी विचार (suicidal thoughts) समेत देखिन सक्ने जोखिम बढाएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)