गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि दिल्ली पठाइने
lokaantar.com

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटना (आत्मदाह प्रयास)मा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी पनि सुरु गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा गणेशलाई थप उपचारका लागि भारत पठाउने प्रक्रिया अघि बढाइएको हो। सरकारले उनको उपचारमा कुनै कमी हुन नदिने गरी आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)