मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आत्मदाहको प्रयास गरेका गणेशको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि भारत लगिँदै

canadanepal.com · Thu Jul 09 18:24:00 GMT 2026

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी भइरहेको छ।

घटनापछि हाल वीर अस्पतालमा उपचाररत नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू शुक्रबार वीर अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिँदै उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)