मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

canadanepal.com · Thu Jun 18 08:41:55 GMT 2026

चितवन - सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ ।

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए।

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् ।

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावर र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन्

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)