मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा बेङ्ग्लाेरले राजस्थानलाई ७ विकेटले हरायाे

Ujyaaloonline.com · Thu Sep 30 00:54:42 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा बेङ्ग्लाेरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेङ्ग्लाेरले १७ बल बाँकी छदै भेट्टायो ।

बेङ्ग्लाेरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देवदत्त पड्डीकलले २२ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)