बुढानीलकण्ठ स्कुलको जग्गा विवादमा सरकारकै पक्षमा सर्वोच्चको फैसला, रिट निवेदन खारेज
barnanmedia.com · Thu Jun 18 08:40:42 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले बुढानीलकण्ठ स्कुलको जग्गा विवादसम्बन्धी बहुचर्चित मुद्दामा सरकारकै पक्षमा फैसला सुनाएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासले सीता खत्रीद्वारा दायर गरिएको रिट निवेदन खारेज गर्दै विवादित जग्गा राज्यको स्वामित्वमा रहेको ठहर गरेको हो।
साविक विष्णु गाउँ विकास समिति वडा नं. १(क) अन्तर्गत रहेको कित्ता नं. १२७ को जग्गा आफ्नो सासू–ससुराबाट प्राप्त भएको र उक्त जग्गा आफ्नो नाममा दर्ता कायम रहेको दाबी गर्दै सीता खत्रीले बुढानीलकण्ठ स्कुलको नाममा गरिएको दर्ता बदर गर्न माग गरेकी थिइन्। उनले लामो समयदेखि आफूले उक्त जग्गाको भोगचलन गर्दै आएको दाबीसमेत गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)