मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक

kendrabindu.com · Mon May 25 13:28:08 GMT 2026

काठमाडाैं । गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । यो गीचको अडियो उत्कृष्ट बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)