मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

baahrakhari.com · Thu Jun 18 09:06:23 GMT 2026

काठमाडौ‌ं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नदीमा हामफालेलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उद्धार गरेको हो ।

देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको बिहीबार बिहान मोटरबोटको सहयोगमा सकुशल उद्धार गरिएको जनाइएको छ ।

उनलाई उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ लार्चास्थित भोटेकोसी नदीको बीच भागमा अड्किएका २३ वर्षीय सञ्जीव विकको बिहीबार सकुशल उद्धार गरिएको छ ।

नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।

#नारायणी

#नारायणी नदी

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)