मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीएनआई पदाधिकारी र शिक्षामन्त्रीबीच छलफल

baahrakhari.com · Thu Jul 31 17:29:24 GMT 2025

काठमाडौं । नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच छलफल भएको छ । नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको भन्दै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको बताए । अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरूसँग समझदारी गरेको जानकारी समेत गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)