मन्त्री पुनलाई हर्कको सुझाव : सत्तापक्ष कि विपक्ष ख्याल गर्नुहोस्
nepalviews.com · Thu Jun 18 09:12:21 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेर फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्न लामो जवाफ दिएर समय खेरा फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए ।
उनले भने,‘सरकारले गुनासो गर्ने होइन । मन्त्री ज्यू सत्तापक्ष हो कि विपक्ष हो भन्ने थाहा हुनुपर्छ । यस्तो कानुन भएन उस्तो भएन भनेर लामो गीत सुनाउनु भयो यहाँले । अर्को पटकदेखि समयको ध्यान यहाँले दिनुपर्छ ।’
त्यस्तै उनले खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अबण्ड बजेट राखिएको भन्दै उनले यसमा ख्याल गर्न सचेत गराएका हुन् ।
२ अर्ब ५१ करोड पैसा अबन्डामा भएको भन्दै उनले कार्यक्रम नै नभए किन विनियोजित गरेको भनेर प्रश्न गर्दै उनले बजेट दुरुपयोग हुन नदिन आग्रह गरे ।
मन्त्री पुनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)