मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्षभित्र सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण हुन्छन् : मन्त्री लम्साल

barnanmedia.com · Thu Jun 18 09:04:22 GMT 2026

काठमाडौँ, असार ४ गते । सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकता दिँदै आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले उक्त जानकारी दिनुभएको हो । मन्त्री लम्सालका अनुसार सडक सुरक्षा र पहिरो नियन्त्रणका लागि सरकारले २३ अर्ब रुपैयाँको बहुवर्षीय बजेट विनियोजन गरेको छ । आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरोहरूको भित्तो संरक्षण र अन्य सुरक्षाका कामहरू सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । वार्षिक बजेटमा क्रमशः रकम थप गर्दै लगिने गरी यो योजना तर्जुमा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)