मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे  रुपन्देहीको तारेख

ratopati.com · Thu Jun 18 09:14:23 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको तारेख काठमाडौँ जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा रहेको बिचाराधीन मुद्दामा लामिछानेले बिहीबार काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

सुप्रिम सहकारी ठगीमा रविको व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय