समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह
gorkhapatraonline.com · Thu Jun 18 09:21:19 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ।
बुधवार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानुन निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकता क्रम निर्धारण गरी विधेयक तयार गर्न आग्रह गर्नुभएको हो । कानुन मन्त्रालयमा भएको छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, गृह मन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थ मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)