वासिङ्टन र तेहरानबिचको एमओयूको सार्वजनिक
gorkhapatraonline.com · Thu Jun 18 09:27:52 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबिच इलेक्ट्रोनिकरूपमा हस्ताक्षर गरिएको (सम्झौता-पत्र) एमओयू सार्वजनिक गरेका छन् । ज्ञापन पत्रमा तत्काल र स्थायी युद्धविराम, ६० दिन भित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपाय समावेश छन् ।
प्रकाशित गरेको ज्ञापन पत्रमा लेबनानसहित सबै स्थनामा सैन्य कारबाही तत्काल र स्थायीरूपमा समाप्त गर्ने घोषणा गरिएको छ । यस बाहेक, संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अब देखि एक-अर्काविरुद्ध कुनै युद्ध वा कुनै सैन्य कारबाही सुरु नगर्ने, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने र एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बाट टाढा रहनुका साथै एक-अर्काको विरुद्धमा धम्की वा बल प्रयोग नगर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)