पिएनजीविरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ–११ मा एक खेलाडी परिवर्तन
farakdhar.com · Tue Mar 12 01:02:16 GMT 2024
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र पिएनजीबीचको खेल बिहान ६ः४५ देखि मोंगकोकस्थित मिसन रोड ग्राउन्डमा सुरु भएको छ ।
पिएनजीविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज अविनाश बोहराको स्थानमा आकाश चन्दलाई मौका दिएको हो । सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)