किसानलाई दूधको दैनिक एक करोड भुक्तानी
gorkhapatraonline.com · Mon May 25 14:07:10 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई भुक्तानी भइरहेको छ।
पछिल्लो चार महिनाकोे करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डिडीसीको हाल दैनिक करिब रु एक करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब रु ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)