कपाल उमार्नेदेखि बोसो घटाउनेसम्मका भ्रामक विज्ञापन छ्यापछ्याप्ती, कारबाही गर्न उजुरी आह्वान
techpana.com · Thu Jun 18 09:32:09 GMT 2026

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेका भ्रामक र आधारहीन विज्ञापनहरूप्रति कडा कदम चालेको छ । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सर्वसाधारणलाई ठगी गर्ने यस्ता विज्ञापनहरूविरुद्ध बोर्डले कारबाही प्रक्रिया अगाडि बढाउन उजुरी आह्वान गरेको हो ।
बोर्डका अनुसार पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युब लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा प्रचलित कानुनले निषेध गरेका सामग्रीहरूको विज्ञापन व्यापक रूपमा फैलिरहेको छ । आवश्यक लेबलिङ नभएका, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरणसमेत नभएका औषधीजन्य पदार्थ तथा सामग्रीहरूको विज्ञापनले आम नागरिकलाई भ्रममा पारेको र ठगी गरिरहेको भन्दै बोर्डमा विभिन्न उजुरीहरू प्राप्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
सरोज गुरागाईं
काठमाडौँ