पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदी स्वदेश फिर्ता
gorkhapatraonline.com · Thu Jun 18 09:44:25 GMT 2026

पाकिस्तानमा कैद जिवन विताइ रहेका ४८५ जना अफगान नागरिक रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् । परिवार र व्यक्तिसहित पूर्व बन्दीलाई अवैध प्रवास र आवासीय अनुमतिको अभावलगाएतका आरोपमा जेल हालिएको जनाइएको छ ।
आफ्नो देश फर्कने क्रममा सीमा क्षेत्रमै आवश्यक सहयोग प्राप्त गरेपछि उनीहरूलाई आ-आफ्नो प्रान्तमा सारिएको मिडियाले जनाएका छन् । यसअघि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान कैदी सप्ताहन्तको अवधिमा अफगानिस्तान फर्केको जनाइएको थियो । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)