किसानलाई दूधको दैनिक एक करोड भुक्तानी
baahrakhari.com · Mon May 25 14:27:14 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी)को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ ।
पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डीडीसीको हाल दैनिक करिब एक करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)