मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले विगारेका करिडोर सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस

ratopati.com · Tue Dec 17 19:51:00 GMT 2024

काठमाडौं । अविरल वर्षासँगै भएको डुबान तथा बाढीका कारण बिग्रिएका उपत्यका आसपासका नदी करिडोरका सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । उपत्यका नदी संरक्षण तथा सुधारको मुख्य अख्तियारी पाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सडक सुधारका लागि प्रस्ताव पेस गरेको हो।

समितिका सूचना अधिकृत उद्धव नेपालले उपत्यकाका नदी करिडोरमा पर्ने सडकखण्ड सुधार गर्न, नदी आसपासमा थुप्रिएका माटो, ढुङ्गा तथा गेग्रान सफा गर्न, नदीमा लगाइएको पर्खाल बाढीले भत्काएकाले पुनः पर्खाल लगाउन, फुटपाथ, पार्क सुधार गर्नका लागि करिब ८० करोड लागत लाग्ने भएको जानकारी दिए । ‘गत असोजको विपद्पछि बिग्रिएको ‘वाग्मती सुन्दरता’ लाई फेरि फर्काउनु छ, सडक सुधार गर्नुपर्ने छ’, उनले भने, ‘तर हामीसँग बजेटको अभाव छ, तसर्थ आवश्यक पर्ने लागत व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेका छौँ । बजेट आएपछि मात्रै काम अगाडि बढ्ने छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)