मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा

ratopati.com · Tue Dec 17 20:04:00 GMT 2024

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा गरिएको छ । विश्वशान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले पूजा गरेका छन् ।

प्रणिधान र बुद्धपाठले दश दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आर्कषित भएका थिए । विगतमा २५ वर्षसम्म निरन्तर सञ्चालन गरिएको पूजा विगतमा केही वर्ष रोकिएकोमा पुनः आठ वर्षपछि मङ्सिर २३ गतेदेखि सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)