मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भानुले बुझे आरजुलाई पठाएको अख्तियारको पत्र

baahrakhari.com · Thu Jun 18 10:05:00 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पठाएको पत्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुझेका छन् ।

स्वकीय सचिव देउवाले आफूले अख्तियारको पत्र बुझेको बाह्रखरीलाई बताए । उनले भने, “मैले अख्तियारको पत्र बुझेको हुँ ।”

बूढानीलकण्ठ नगरपालिका–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले अख्तियारको पत्र देउवाले गत मंगलबार (असार २) नै बुझेको पुष्टि गरे । उनले बाह्रखरीसित भने, “उहाँहरू अहिले घरमा बस्नुहुन्न, कोही पनि छैन । महाराजगञ्जमा उहाँहरू बस्नु भएको ठाउँमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव बस्नु भएको छ । उहाँलाई फोन गरेँ उहाँले नै बुझनु भएको छ ।”

वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो ।

#अख्तियार दुरुपयोग अनुसन्धान आयोग

#आरजु राणा

#ई–पासपोर्ट

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय