गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
ratopati.com · Thu Jul 31 18:23:00 GMT 2025

गुल्मी । जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ । केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाइँ भएको जानकारी दिए । गत वर्षको तुलनामा यस पटक रोपाइँको प्रतिशत बढेको बताउँदै गत वर्ष यस अवधिसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उल्लेख गरे । समयमा पानी परेकाले यस पटक छोटो अवधिमा पनि बढी रोपाइँ भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)