मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कहाँ उडे १ अर्ब ३८ करोडका १९ हजार ड्रोन ?

ekantipur.com · Wed Dec 21 01:00:25 GMT 2022

काठमाडौँ — ड्रोन क्यामरा अस्वाभाविक परिमाणमा आयात गरी पुँजी पलायन गरिएको तथ्य भेटिएको छ । हङकङ र चीनबाट एक वर्षमा करिब १९ हजार थान ड्रोन आयात गरी केही व्यापारीले योजनाबद्ध रूपमा १ करोड ४ लाख ५८ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ) मुद्रा बाहिर पठाएको पाइएको हो ।

मुलुक कोभिड र डेंगी महामारी तथा राजनीतिक अस्थिरताबाट गुज्रिएका बेला ०७८ साउनदेखि ०७९ भदौसम्म अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै ती ड्रोन आयात गरिएको थियो । त्यति धेरै ड्रोन न नेपालमा खपत हुन्छ, न सहज खरिद/बिक्री । ‘यति धेरै ड्रोन आयात अनुमति दिएर डलर बाहिर पठाउनुको कारण के हो, त्यसरी आयात गरेका सामानको खपत कहाँ हुने हो, ठूलो प्रश्न छ,’ स्रोतले भन्यो, ‘कागजमा मात्रै आयात देखाएर पुँजी पलायन वा भारत तस्करी भएको हुन सक्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)