मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढानीलकण्ठको भग्नावशेष घसमा टाँसियो आरजुविरुद्ध अख्तियारको तामेली

lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ ।

आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा तामेलीको सूचना टाँसेको छ । २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ । सोही भग्नावशेष बनेको घरको भित्तामा सूचना टाँसिएको छ ।

आरजुलाई बाटोको म्यादबाहेक तीनदिनभित्र आयोगमा उपस्थित हुन भनिएको छ । उक्त सूचना यही असार २ गतेको मितिमा टाँसिएको छ ।

उपचारका लागि भन्दै पति शेयरबहादुरसहित सिंगापुर गएकी आरजु फर्किएकी छैनन् ।

अख्तियारले यस प्रकरणमा यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ४ जनालाई गिरफ्तार गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)