मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुटाइ खाएका देउवा दम्पती ४ महिनादेखि निर्वास, फर्किएलान् नेपाल ?

bishowkhabar.com · Thu Jun 18 10:13:55 GMT 2026

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा झन्डै चार महिनादेखि विदेशमा रहेका छन् ।

फागुन १४ गते सिंगापुर गएका देउवा दम्पती उपचारका लागि त्यहाँबाट हङकङ पुगेका थिए ।

सचिवालयले केही समयमै स्वदेश फर्किने जनाएको भए पनि उनीहरू अहिलेसम्म नेपाल फर्किएका छैनन् ।

यसबीच देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण विभागलाई इमेलमार्फत् पत्र पठाउँदै साउन २८ गतेसम्म नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उता, इ–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका नाममा बयानका लागि म्याद तामेल गरेको छ ।

अख्तियारको टोलीले बूढानीलकण्ठस्थित निवासमा पुगेर तीन दिनभित्र उपस्थित हुन सूचना दिएको जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले आरजुलाई म्याद तामेल गरिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

साथै, देउवा दम्पती कहिले स्वदेश फर्किने भन्ने अझै निश्चित नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय