कोजाग्रत पूर्णिमा कहिले ? पात्रोपिच्छे फरक
nepalsamaya.com · Tue Oct 15 16:37:39 UTC 2024
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ ।
समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्चाङ्गमा पूर्णिमा व्रत असोज ३० गते बुधबार लेखिएको छ । अन्य पञ्चाङ्गमा भने कात्तिक १ गते बिहीबार लेखिएको छ । यसले पञ्चाङ्ग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो । पात्रोका प्रयोगकर्ता मच्छेन्द्र सापकोटाले आश्विन शुक्ल पूर्णिमाको व्रतका बारेमा फरकफरक दिन उल्लेख भएर कुन दिन मनाउने भनी भ्रम भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)