मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने

baahrakhari.com · Mon Apr 29 19:30:44 UTC 2024

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत् क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

रेमिट हाइड्रो’ परियोजनाका लागि एचआईडीसीएल र एनआरएनए एनसीसीहरूबीच समझदारी लगानी सम्मेलनका अवसरमा सोमबार ऊर्जामन्त्री शक्ति बस्नेतको रोहबरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूबीच सम्झौता भएको हो । यसमा कतार, यूएई, बहराइन, जापान, ओमन, मलेसिया र इराकका एनसीसीहरूको संलग्नता रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)